बझाङमा दाजुको हत्या आरोपमा भाइ पक्राउ
बझाङ | असोज ८, २०८०
बझाङमा दाजुको हत्या गरेको आरोपमा भाई पक्राउ परेका छन्।
छबिसपाथिभेर गाउँपालिका-६ का घट्टेलेकका ५० वर्षीय बिजुली मन्डेला पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान पक्राउ गरेको हो। उनले शुक्रबार धारिलो हतियार प्रयोग गरी ६० वर्षीय दाजु जैलु मण्डेलाको हत्या गरेको बझाङका डिएसपी भरतबहादुर शाहले जानकारी दिए।
हत्यापछि आरोपी बिजुली फरार भएका थिए। हत्याको कारणबारे भने हालसम्म खुलेको छैन। पक्राउ परेका बिजुलीलाई कार्यालय ल्याइरहेको डिएसपी शाहले बताए।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

